चर्चित अभिनेता सुनिल थापाको निधन हृदयाघातबाट : पोस्टमार्टम रिपोर्ट

लोकपथ
133
Shares

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको निधन हृदयाघातबाट भएको रिपोर्ट आएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान शवको पोस्टमार्टम भएको र पोस्टमार्टमले थापाको निधन हृदयाघातबाट भएको देखाएको जनाइएको छ । 

हृदयाघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको अस्पताल स्रोतले जनाएको छ । पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट निकालेर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड लगिँदै छ । 

६८ वर्षीय थापालाई हिजो शनिबार बिहान स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । त्यहीँ उनको निधन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?