काठमाडौं उपत्यका निर्वाचन सेलको जिम्मेवारी एसएसपी बस्नेतलाई

लोकपथ
154
Shares

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरको निर्वाचन सेलको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई दिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसएसपी बस्नेतलाई यी तीन जिल्लाको रिपोर्टिङ लिने, आवश्यकताअनुसार जनशक्ति परिचालन, थप मद्दत पठाउनेदेखि आवश्यक रणनीति बनाउनेसम्मका जिम्मेवारी दिइएको हो । 

उनले यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको कमान्डसमेत बहन गरिसकेका छन् । 

काठमाडौं उपत्यकाको तीन जिल्लाको समग्र कमान्ड भने अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले बहन गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?