कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

लोकपथ
98
Shares

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ तिकलपुर स्थित भित्री सडक खण्डमा रा ६ प ३१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय दीपेन्द्र रावलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै थप उपचारको लागि टीकापुर अस्पताल टीकापुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?