काठमाडौं । प्रथम शहिद लखन थापा मगरको स्मृतिमा खुल्ला दौड प्रतियोगिता-२०८२ आयोजना हुने भएको छ ।
नेपाली कल्चर मिडिया प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी फागुन २ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
महिला तथा पुरुष दुवै तर्फ सहभागिता रहने प्रतियोगिता १० किलोमिटर दूरीमा सञ्चालन हुनेछ ।
दौड शहिद गेटबाट सुरु भई जमल, लैनचौर, चक्रपथ, गोल्फुटार, बुढानीलकण्ठ चपलीभट्टी हुँदै देउ मोड पार गरेर तल्लो पासिकोटस्थित नेपाली कल्चर मिडिया हाउसमा पुगेर समापन हुनेछ ।
पुरस्कारतर्फ महिलातर्फ प्रथम हुनेलाई ३५ हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । पुरुषतर्फ पनि प्रथमलाई ३५ हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई १५ हजार तथा सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ तोकिएको छ । सबै विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि फारम भर्ने अन्तिम मिति माघ २९ गते तोकिएको छ । कार्यक्रमको संरक्षकमा नेपाल मगर संघ केन्द्रीय समिति रहेको छ भने समन्वय प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले गर्नेछ ।
आयोजकका अनुसार प्रतियोगिताले राष्ट्रिय एकता मजबुत बनाउन तथा शारीरिक तन्दुरुस्तीको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया