दुर्गा प्रसाईं पक्राउ 

लोकपथ
560
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन पक्राउ परेका छन् । नेपाल प्रहरीले आज उनलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी प्रविण धितालले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनीविरूद्ध साइबर ब्युरोमा उजुरी परेकाले पक्राउ गरिएको उनले बताए । 

साइबर ब्युरोका एसएसपी दीपक अवस्थीले पनि प्रसाईं पक्राउ परेको पुष्टि गरे । निर्वाचन आयोगको पत्र आएपछि पक्राउ गरिएको ब्युरोको प्रवक्तासमेत रहेका एसएसपी अवस्थीले जानकारी दिए ।

‘निर्वाचन आयोगबाट आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार भएको थियो, त्यही विषयमा बुझ्न ल्याएका छौं, के कस्तो कारबाहीको प्रावधान छ हेर्दैछौं,’ उनले भने । 

प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत हुन् । 

उनी गत माघ ५ गते पनि पक्राउ परेका थिए । सार्वजनिक शान्तिविरुद्धको कसुरमा माघ ५ गते उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो । उनी हाजिर जमानीमा ६ गते नै रिहा भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?