काठमाडौं । नेपाली कांग्रेसले बिहीबार साँझ बैतडीमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन माग गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै घाइतेहरुको उपचारको उचित प्रबन्ध मिलाउन माग गरेका हुन् ।
बिहीबार साँझ बैतडीको पुर्चौडीबाट बझाङ आइरहेको जन्ती बोकेको बस दुर्घटना हुँदा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । भने दर्जनौँ घाइते भएका छन् ।
‘यस पीडादायी घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोकाकूल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेको शीघ्र स्वस्थ्य लाभको कामना गर्र्दै उहाँहरुको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग आग्रह गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो पनि…
बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ८ जनाको मृत्यु, ४ घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया