सङ्खुवासभा । चैनपुर नगरपालिका-१ याङसिजुङमा गएराति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार, याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तले घर पूर्ण रूपमा जलेको हो ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा करिब चार घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया