प्रचण्डसँग चुनाव लडेका विक्रमको कस्तो आउला चुनावी नतिजा ?

काठमाडौं, २३ कात्तिक– राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे ले उम्मेदवारी दिएकै क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि उम्मेदवारी रहेको छ। यसआधारमा यहाँको चुनावी भीडन्त रोचक बन्ने देखिएको छ । पाण्डे गत संविधानसभा निर्वाचनमा यहीबाट विजयी भएका थिए तर गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेस र एमाले बलियो देखिएको छ । कांग्रेसलेले २६ हजार ९ सय २३, एमालेले २४ हजार ४ सय ९४ मत पाउँदा माओवादीले १८ हजार १ सय ४ र राप्रपाले ८ हजार ३ सय ४२ मत पाएको थियो यसआधारमा वाम गठबन्धनको पक्षमा ४२ हजार ५ सय ९८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३५ हजार २ सय ६५ मत रहेको छ यसर्थ यहाँ ७ हजार हाराहारी मतले प्रचण्ड अगाडि देखिन्छन् । यद्यपी विगतमा एमालेसाग माओवादीको तिक्तताका कारण प्रचण्डलाई पनि सहज नभएको बताइन्छ यसकारण यो क्षेत्रलाई सर्वाधिक चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?