काठमाडौंको नागार्जुनमा चोर समाउन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद

लोकपथ
910
Shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी रहेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार, चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्न खोजे, जसपछि प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो ।

घटनामा चौधरीको खुट्टामा गोली लागेको छ र उनको उपचार हाल ट्रमा सेन्टरमा भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । यसै क्रममा एक जना प्रहरी हवल्दार पनि सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार चौधरी काठमाडौंका विभिन्न स्थानमा भएको चोरी घटनासँग सम्बन्धित रहेको आशङ्का गरिएको छ र घटनाको थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?