लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सुनुवाइ हुँदै

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतमा पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त निवेदनको पेसी तोकिएको हो ।

पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश गरेको हो ।

यसअघि न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीसँग सम्बन्धित ७३ नम्बरको निवेदन परेको वा नपरेको बुझ्न आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ ।

यस्तै, गुप्ताले पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग मिलेमतो गरी २५ लाख रुपैयाँ घुस लिएको अभियोगसमेत अख्तियारले दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?