काठमाडौं । एभरेस्ट समिटियर्स समिट नेपाल र एभरेस्ट समिटियर कविता नेपालीबिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबिच एभरेस्ट समिटियर्स समिट नेपाल र एभरेस्ट समिटियर नेपालीबिच सम्झौता भएको हो ।
समझदारीअनुसार, नेपालीलाई एभरेस्ट समिटियर्स समिट २०२६ का लागि सार्वजनिक सम्बन्ध प्रतिनिधि नियुक्त गरिएको छ । यसअघि एभरेस्ट एलायन्स नेपालले समिटको मिति, दृष्टिकोण र दर्ता प्रक्रिया सार्वजनिक गरिसकेको छ । एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ मा काठमाडौंमा आयोजना हुने तय भएको छ ।
नेपालीले गत वर्ष मे महिनामा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी थिइन् । अब उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा एभरेस्ट एलायन्स नेपाल र एभरेस्ट समिटियर्स समिटको प्रतिनिधित्व गर्दै सार्वजनिक सम्बन्ध र सञ्चार रणनीतिमा सहयोग गर्नेछिन् ।
एमओयु कार्यक्रममा बोल्दै एभरेस्ट समिटियर नेपालीले हिमालको संरक्षणमा योगदान दिन पाउनु गर्वको विषय भएको बताइन् । उनले हिमालमा फोहोर व्यवस्थापन र दिगो पर्वतारोहणका लागि सदैव प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् । साथै उनले नेपालको पहिचान भएकै हिमाल संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट योगदान दिन आवश्यक रहेको उल्लेख गरिन् ।
समझदारीअनुसार, यस कार्यक्रमले जिम्मेवार पर्यटन प्रवर्द्धनसहित हिमाली वातावरण संरक्षण र सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया