उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

लोकपथ
49
Shares

काठमाडौं ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौंस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन् ।

यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाडौंका प्रमुख शक्ति पीठ तथा धार्मिक–ऐतिहासिकस्थलको दर्शन गरेका हुन् । 

धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?