काठमाडौंको मुलपानीमा गोली चल्यो, लुटेरा समूहका एक जना घाइते

लोकपथ
833
Shares

काठमाडौं । काठमाडौंको मुलपानीमा गएराति प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । लुटेरालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर काठमाडौको टोलीले दुई राउन्ड गोली चलाएको हो । 

गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएको र उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रहरी काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार, लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाइएको हो । 

प्रहरीले लुटपाटमा संलग्न १० जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

‘मोटरसाइकलमा आएर लुटपाट गर्ने व्यक्तिहरू पक्राउ परेका हुन्, १० जना नै एउटै समूहका हुन् वा छुट्टाछुट्टै समूहका हुन् भनेर हामीले स्क्रिनिङ गरिरहेका छौं,’ प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?