काठमाडौंमै अखाद्य वस्तु मिसाइएको घरेलु मदिराको बिगबिगी, एकैदिन २५ सय लिटर नष्ट

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ ।

मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा अवैध रुपमा अखाद्य वस्तु प्रयोग गरिएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलबाट घरेलु मदिरा अन्दाजी ४०० लिटर र मदिरा बनाउने कच्चा पदार्थ ३०० लिटर फेला पारी नष्‍ट गरेको हो ।

त्यस्तै प्रहरी बृत्त लैनचौरले काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित बिष्णुमति करिडोरमा अन्दाजि ९५ लिटर घरेलु मदिरा नियन्त्रणमा नष्ट गरेको छ ।

यता प्रहरी बृत्त स्वयम्भुले काठमाडौं महानगरपालिका–१५ तकिया गल्लीबाट अन्दाजी ७०० लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ र ३०० लिटर घरेलु मदिरा फेला पारि नष्ट गरेको छ ।

यसैगरी प्रहरी प्रभाग बुढानिलकण्ठले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ भंगाल करिडोरबाट अन्दाजि ७०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

स्थानीयहरुको गुनासो र उजुरीका आधारमा प्रहरीले बेलाबेला अखाद्य वस्तु मिसाइएको घरेलु मदिरा नष्ट गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?