नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाको आयोजनामा १०औँ क्रस कन्ट्री दौड प्रतियोगिता २०८२ को उद्घाटन भएको छ ।
बिहीबार नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले भव्य रूपमा उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रम उद्घाटनपछि बोल्दै सहमहामन्त्री लामाले खेलकुदमा बेलकोटगढीले देखाएको उत्साहको प्रशंसा गरे । साथै लामाले खेलकुद युवालाई अनुशासित, ऊर्जाशील र नेतृत्वशील बनाउने सशक्त माध्यम भएको उल्लेख गरे ।

उक्त कार्यक्रमलाई कार्यक्रमको सभापतित्व ग्रहण गरेका नगरप्रमुख जगत बहादुर लामा, उपप्रमुख शिव प्रसाद दाहाल, वडा नं. १० का अध्यक्ष प्रल्हादप्रसाद थपलिया, वडा नं ५ का वडाध्यक्ष मदन भुजेल, वडा नं ९ का वडाध्यक्ष दुर्गाप्रसाद गजुरेललगायतले मन्तव्य राख्दै खेलकुदको विकासमा स्थानीय तहको भूमिकालाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगिताले युवामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
उक्त कार्यक्रम माघ १० गते शनिबार समापन हुने बेलकोटगढी–१० का वडाध्यक्ष थपलियाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया