गगन पक्षले नै ‘ह्याण्डल’ गर्न थाल्यो कांग्रेसको सामाजिक सञ्जाल

लोकपथ
602
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेस आधिकारिकता पाएपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । त्यसका लागि शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । भोलिको बैठकमा निर्वाचनबारे छलफलदेखि सभापति थापालाई प्रधानमन्त्रीमा घोषणा गर्नेसम्मका कार्यक्रम रहनेछन् ।

विशेष महाधिवेशनबाट गगन नेतृत्वको कांग्रेसले आधिकारिकता पाएसँगै केन्द्रीय कार्यालय मातहत चल्ने सामाजिक सञ्जाल फेसबुक पनि सोही पक्षले चलाउँन थालेको छ ।

केही दिनअघिसम्म देउवा पक्षले नै सो सामाजिक सञ्जाल ह्याण्डेल गरिरहेको थियो । देउवा पक्षका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ‘नेपाली कांग्रेस’ लेखिएको सामाजिक सञ्जाल ह्याण्डेल गर्दै आइरहेका थिए । साथै उनको नामबाट विज्ञप्ति आउने गरेको थियो ।

भोलिको बैठकको आधिकारिकत सूचना देउवा पक्षका कार्यालय सचिव प्रकाश शर्माको नामबाट सोही फेसबुक पेजबाट विज्ञप्ति सार्वजनिक भएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ माघ ९ गते शुक्रबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृती नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?