बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

लोकपथ
56
Shares

काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

 बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत  पाटन नगरपालिका–८ अनारखोलीमा  धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर  आज बिहान दुर्घटना भएको हो ।   

मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?