सुदनले भने– ‘बालेन र म आज औपचारिक रुपमा रास्वपा प्रवेश गर्छौँ’

लोकपथ
84
Shares

काठमाडौं । हामी नेपाल नामक एनजीओको संचालक सुुदन गुरुङ रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दैछन् ।

जेनजी अगुवा समेत रहेका सुदन यसअघि नै रास्वपाका विभिन्न कार्यक्रममा सहभागी भए पनि पार्टी प्रवेश भने गरेका थिएनन् ।

उनले आफूसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ आइतबार दिउँसो ३ः३० बजे औपचारिक रुपमा रास्वपा प्रवेश गर्न लागेको बताए ।

आफूहरु पद, शक्ति वा व्यक्तिगत स्वार्थको लागि भन्दा पनि जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताका कारण आफूहरु पार्टी प्रवेश गर्न लागेको बताए ।

‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

त्यस्तै उनले यसअघि नै आफू गोरखा क्षेत्र नं १ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । तर बालेन नपुगेका कारण अझै बैठक बस्न सकेको छैन ।

त्यसो त उक्त बैठकपछि आजै रास्वपा सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरु जनकपुर जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?