यस्तो छ आजको मौसम

लोकपथ
105
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएको छ ।

मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी पहाडी र हिमाली क्षेत्रमा मौसम प्रायः सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ । उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?