काठमाडौं । नेपाली साहित्य र समाजसेवामा उल्लेखनीय योगदान दिँदै आएकी कमला प्रसाईँलाई यस वर्षको ‘साहित्य प्रतिभा सम्मान’ प्रदान गर्ने भएको छ ।
विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय समितिले प्रसाईँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
तीन दशकभन्दा बढी समयदेखि साहित्य र समाजसेवामा सक्रिय रही आएकी प्रसाईँले २ दर्जनभन्दा बढी नाटक, कविता–गीत सङ्ग्रह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिका र वेब म्यागेजिनमा आफ्ना रचना प्रकाशित गराएकी छन् ।
उनका चर्चित गीति एल्बममा ‘नबिर्स मलाई’, ‘नयनका आँसु’ तथा तीजका गीत ‘रातो राम्रो गुलियो मीठो’ र ‘लौन साथी सङ्गिनी’ समावेश छन् । प्रसाईँले संगीत सागर कला केन्द्र, नेपाल साहित्य सञ्चार प्रतिष्ठान इटहरी, वाणी प्रकाशन विराटनगर, अच्छा राई रसिक प्रतिष्ठान, नेपाल रेडक्रस, नेपाल जेसीज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एन् एन्ड् जे इन्टरटेन्मेन्ट् इन्क, र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जस्ता संस्था तथा संघ संस्थामा महत्त्वपूर्ण भूमिका निभाएकी छन् ।
उनका नयाँ प्रकाशनमा कविता सङ्ग्रह ‘पर्खाल’, उपन्यास ‘युगपुरूष कर्ण’, साइनो भित्रको मान्छे’ र बाल गीत एल्बम ‘मेरो कबिन’ चाँडै बजारमा आउने जानकारी प्रसाईँले दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया