हर्क साम्पाङलाई यलम्बर हाङ स्मृति पुरस्कार

लोकपथ
105
Shares

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई ‘हर्क साम्पाङ’ यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन् ।

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उनलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।

उपमहानगरपालिका प्रमुख राईलाई दुई लाख २५ हजार ५५५ र सम्मानपत्रसहित पुरस्कारले सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै उनले आफू सधैँ श्रममा विश्वास गर्ने बताए ।

‘म श्रम र कर्ममा विश्वास गर्छु । साकेला सिली पनि श्रम नै हो जस्तो लाग्छ । धान रोप्ने, काट्ने, कोदो रोप्ने जस्ता कृषि कर्महरू हाम्रो पिता पुर्खादेखि चलिआएका अभ्यास हुन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?