रुकुम पूर्वबाट प्रतिनिधिसभा चुनाव लड्ने प्रचण्डको घोषणा

लोकपथ
938
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै  उनले यस्तो घोषणा गरेका हुन् । 

प्रचण्डले भने, ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट लड्ने छु। पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छु होला ।’

उनको यो निर्णयले आगामी निर्वाचनमा रुकुम पूर्व क्षेत्रको राजनीतिक परिस्थितिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?