स्याल भै भाग्ने हिजोका तिम्लाइ संसारले चिन्दछ
शक्ति र सत्ता अस्थायी चिज हुन् जगतले मान्दछ ।
समस्या खोज्छौ तलमा तल खलनायक माथि छ
यै ताल भए जेनजी भाग दुई अझै नि बाँकी छ ।
आँधीको वेगलाई कानुनले नाप्नु नाप्ने कै मूर्खता ।
आँधी नै कानुन आँधी नै न्याय के रोज्छौ तिक्तता ।
प्रभुको भक्ति छोडेर देऊ आँधीलाई मान्यता
अन्यथा अब देखिन्न कुनै जनमा धैर्यता ।
नरोक अब बहाना बनाइ चाहना जनको ।
सन्सारमा राम्रो इतिहास छैन परिवर्तन रोक्नेको ।
विश्वास देऊ विश्वास लेउ गरेको कामको
विनाश कालमा अस्तित्व देखाऊ विद्या र विवेकको ।
कुकर्म आफ्नो ढाकछोप गर्न जे पनि गर्दछौ
नैतिक हीन आफू बनेर पनि नैतिकता बाँड्दछौ ।
अनुहारको फोहोर नधोई फेरि ऐना पो फेर्दैछ
यै तालले तिम्रो बिग्रेको छवि कहिले सुधार्छौ ?
कोइराला भेषराज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया