जाँचबुझ आयोग गठनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

लोकपथ
812
Shares

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गठन गरेको जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरेको छ ।

सरकारले जेनजी आन्दोलनबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगमा कार्की संयोजक तथा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका थिए ।

कार्कीविरुद्ध प्रश्न उठाउँदै उक्त आयोग नै खारेज गर्न माग गर्दै रिट परेको थियो ।

शुक्रबार सर्वोच्चका न्यायाधीशत्रय डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले रिट खारेज गर्न निर्देशनात्मक आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?