देशभर पश्चिमी वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु–कुहिरो

लोकपथ
70
Shares

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भू-भागमा बिहान केही समय तथा बाँकी तराई भू-भागमा मध्यान्हसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

आज राति पनि तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ भने सबै प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली कायम रहने महाशाखाले जनाएको छ ।

तराई भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?