एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

लोकपथ
2.2k
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार ओलीले फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन् । यद्यपि निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

त्यसो त ओलीले यसअघि नवौँ र १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर २ कार्यकाल एमालेको नेतृत्व गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?