मधेशका मुख्यमन्त्री यादवले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
98
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

आइतबार बिहान नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका यादव शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनको दल नेपाली कांग्रेससहित ६ दलको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । उनलाई ७७ प्रदेश सभा सदस्यको साथ रहेको छ ।

यसअघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले विश्वासको मत नपाउने भएसँगै राजीनामा दिएपछि नयाँ सरकार गठनको आह्वान भएको थियो । विभिन्न दलहरुको सहमतिमा यादव मुख्यमन्त्री बनेका हुन् ।

यादव मुख्यमन्त्री भएसँगै मधेश प्रदेशमा कांग्रेस नेतृत्वको पहिलो सरकार बनेको हो ।

यता मुख्यमन्त्री यादवले आगामी बुधबार प्रदेश सभाबाट पद विश्वासको मत लिने समेत तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?