काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधकार मात्रै विश्वासको मत लिने भएका छन् ।
सर्वोच्च अदालतले मुख्यमन्त्री यादवविरुद्ध परेको रिटबारे सुनुवाई गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । तर मुख्यमन्त्री यादवले भने बुधबार (भोलि) मात्रै विश्वासको मत लिने पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
उनले आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै आफूले सर्वोच्चको आदेशको पत्र आज दिउँसो ३ बजे मात्रै प्राप्त गरेको भन्दै भोलि मात्रै विश्वासको मत लिने बताए ।
त्यति मात्र होइन उनले आफूलाई जुनजुन दलले मुख्यमन्त्री बनाएको हो सोही दलहरुले नै विश्वासको मत लिने विश्वास समेत व्यक्त गरे ।
‘अदालतको फैसलाअनुसार प्रक्रिया हुन्छ र विश्वासको मत मैले नै पाउँछु । एमालेले मधेसमा ज–जसलाई मुख्यमन्त्री बनाएको छ । ती सबै दलले मलाइ सघाउँछन्’, उनले पत्रकार सम्मेलनमा भनेका थिए ।
त्यस्तै उनले आफूले सर्वोच्चको पत्र लिएपछि प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराएको समेत बताए ।
यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्तिदेखि शपथग्रहण समेत गराएकी थिइन् । मधेसको ठूलो दलको नेताको हैसियतमा उनलाई मुख्यमन्त्री नियुक्त गरिए पनि उनकै दल समेत उनको पक्षमा नरहँदा उनको पद संकटमा परेको हो । उनको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रदेश सभाका ७४ सांसदहरुले पद खारेजीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया