पोखरामा एमालेले जेनजीको कार्यक्रम बिथोल्न लाग्यो : सुदन गुरुङ

लोकपथ
686
Shares

काठमाडौं । जेनजी आन्दोलनका अगुवा एवं हामी नेपालका संस्थापक सुदन गुरुङले नेकपा एमालेले पोखरामा जेनजी समूहले गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएका छन् ।

आफूहरु पोखरामा कार्यक्रमका लागि जान लागेको तर आफूहरु आउने थाहा पाएसँगै नेकपा एमालेले कार्यक्रम बिथोल्न लागिपरेको आरोप लगाए ।

सामाजिक सञ्जालमा लेख्दै गुरुङले एमालेमाथि सो आरोप लगाएका हुन् ।

‘पोखरामा जेनजी भाईबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा–बुबालाई दाजुभाइ तथा दिदी बहिनी हरू भेट्न हामी पोखरा निस्कियौँ, र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ, तर यसले हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैं सत्य र देशको पक्ष उभिन्छौं, हामी आफ्ना जेनजी दाजुभाई–बहिनीका आवाजसँग जोडिन्छौं र अझ बलियो हुन्छौँ, हामी झण्डा गर्वले उचाल्छौं, झण्डा उठाएर, शिर ठाडो पारेर, हामी पोखरा आउनेछौँ,’ उनले भनेका छन् ।

त्यसो त नेकपा एमालेका नेता कार्यकर्ताहरुले सुदनमाथि आलोचना गरिरहेका छन् । सुदनकै कारण भदौ २३ र २४ को घटना घटेको र सबैको जिम्मेवार सुदनलाई बनाउनुपर्ने एमालेका कतिपय नेताहरुको आरोप रहेको छ । यता सुदन र उनको समर्थकले पनि एमालेका नेताहरुको आलोचना गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?