लोकदोहोरी गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिइन् [तस्बिरहरु]

लोकपथ
567
Shares

काठमाडौं । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन् । उनी चार वर्षदेखि प्रेम सम्बन्धमा रहेकी राजेश केसीसँग आज वैवाहिक जीवनमा प्रवेश गरेकी हुन् ।

लोकदोहोरी, तीज गीत र आधुनिक लोकशैलीका गीतमार्फत घर–घरमा परिचित दुलाल केही समयदेखि विवाहका विषयमा चर्चा बटुल्दै आएकी थिइन् । अब उनले आफ्नो प्रेमसम्बन्धलाई वैवाहिक बन्धनमा रूपान्तरण गरेकी छन् ।

राजेश निर्माण व्यवसायी तथा इन्जिनियर हुन् र उनको स्थायी घर रुकुम पश्चिममा रहेको छ । पछिल्लो समय उनी काठमाडौंमा बसोबास गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?