हाम्रो जस्तो अल्पविकसित मुलुकका बहुसंख्यक मानिसहरुमा ग्यास्ट्रिकको समस्या हुने गरेको छ । खानाको समय नमिल्ने कारणले गर्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ त्यसैले हामीले ठीक समयमा खाना खाने गर्नुपर्छ । ग्यास्ट्रिक भएको समयमा हामीले धेरै कुरामा ध्यान दिने गर्नुपर्छ । ग्यास्ट्रिकलाई हामीले सामान्य रुपमा लिन हुँदैन । यदी ग्यास्ट्रिक बिग्रियो भने आन्द्राको अल्सर हुन्छ ग्यास्ट्रिकको समस्याले सताएर हैरान हुनुहन्छ भने यस्तो उपायहरु उपनाउन सकिन्छः१) प्रशस्त पानी पिउनेः लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ २) लसुन पानीको प्रयोगः बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ३) खाना समयमा खानेः ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ४) कागती पानीको प्रयोगः पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ । यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन ५) कार्बोहाइड्रड कम खानेः पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बून् उपयुक्त हुन्छ ६) द्रध नपिउनेः ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया