मधेसको मुख्यमन्त्री विवाद : आज पनि सकिएन बहस, अर्को पेसी सोमबार

लोकपथ
91
Shares

काठमाडौं । मधेस प्रदेश सरकार गठनको रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ राखिएको छ ।

सर्वोच्च अदालत न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटको सुनुवाइ भएको थियो । तर सुनुवाइ नसिकएपछि आज पनि ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

त्यसो त बिहीबार पनि सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथग्रहणको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो ।

कात्तिक २३ गते मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

मुख्यमन्त्री यादवविरुद्ध परेको रिटको अब सुनुवाई आगामी मंसिर १५ गते सोमबारका लागि तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?