काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।
मधेस प्रदेशका ७४ सांसदहरुले पेस गरेको अविश्वासको प्रस्ताव प्रदेश सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
नेपाली कांग्रेस र लोसपासहितका दलहरुले मण्डलले पद अनुकुलको आचरण नगरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
मधेस प्रदेशमा कुल १०७ सदस्यमध्ये ३ जना निलम्बित छन् । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा शून्य मत पर्यो । दुई तिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया