विवादमा तानिएपछि मधेस प्रदेशको प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

लोकपथ
1.8k
Shares

काठमाडौं । सरकारले सुमित्रा सुवेदी भण्डारीलाई मधेस प्रदेश पदमुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रदेश प्रमुखबाट हटाएको हो ।

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा परेपछि सरकारले उनलाई प्रदेश प्रमुखबाट हटाएको हो । उनले मधेसमा ठूलो दलको नेताको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । साथै उनले मधेसबाट आफू बिरामी भएको भन्दै हिँडे पनि पछि बाहिरै नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएपछि विवादमा तानिएकी थिइन् ।

त्यस्तै मधेस प्रदेशको प्रमुखमा सुरेन्द्रलाभ कर्ण (धनुषा) लाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३३औँ प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त लगायतका निर्णयहरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?