फागुन २१ को निर्वाचनलाई केन्द्रित गरेर मतदाता नामावली नाम दर्ता गर्नेको संख्या उल्लेख्य

लोकपथ
336
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या उल्लेख्य रहेको जनाएको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरेर मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या उल्लेख्य रहेको जनाएको हो ।

‘निर्वाचन आयोगको मिति २०८२–०६–०९ को निर्णय बमोजिम २०८२ कार्तिक ३० गतेसम्म मतदाता नामावलमिा नाम दर्ता गर्न तोकिएकोमा पछिल्लो समयमा नागरिकहरुको उत्साहजनक सहभागिता रहेको पाइएको छ । मतदाता नामावली नाम दर्ता गराउने र र यस कार्यमा सघाउने सम्पूर्ण नागरिकहरुमा आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगका अनुसार आगामी फागुन २१ को निर्वाचनमा आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका नागरिकहरुले मात्रै मतदान गर्न पाउनेछन् ।

निर्वाचन केन्द्रित मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या अत्यधिक रहेका कारण सर्भरमा चाप रहेको लाइन बस्नुपर्ने झण्झट रहेको गुनासो समेत आइरहेको छ । त्यसो त आगामी निर्वाचन सम्पन्न भएपश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भइ नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकहरुको मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने गरी नियमित प्रक्रिया सुरु हुने समेत आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?