बाबुल गिरीको स्टुडियोमा आफैलाई पेट्रोल छर्किएकी गायिका नितु पौडेलको एक सातापछि निधन

लोकपथ
11k
Shares

काठमाडौं । गत शनिबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको निधन भएको छ । प्रहरीका अनुसार आज शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । 

गत शनिबार दिउँसो उनले संगीतकार तथा गायक बाबुल गिरीको अनामनगरस्थित स्टुडियोमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । त्यसबेला बाबुल पनि सँगै थिए । बाबुललाई पनि आगोले हल्का छोएको थियो । 

एक दिन बर्न अस्पतालमा रहेका बाबुललाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं बोलाएर प्रहरीले सोधपुछसमेत गरेको थियो । 

गायिका पौडेलले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्ट्याटससमेत लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘हाँसिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?’

गायिका पौडेल र बाबुल प्रेम सम्बन्धमा रहेको चर्चा पनि यसअघि चलेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?