काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई दर्शकले निकै प्रतीक्षा गरिरहेका छन् ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्रको ट्रेलरले हास्य र कमेडी भावलाई प्रस्तुत गर्दै समसामयिक राजनीतिक विषयलाई समेत समेटेको छ । चलचित्रमा हरिवंश आचार्यले हरिबहादुरको भूमिका निभाएका छन् । ट्रेलरले नेपाली टेलिभिजनमा लोकप्रिय भएका हरिबहादुर पात्रको जीवनमा आउने उतार–चढावका कथा र युवापुस्ताले खोजेको राजनीतिक परिवर्तनबिच उत्पन्न हुने परिस्थितिलाई देखाएको छ ।
चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय समावेश गरिएको छ । चलचित्र असोज १३ गते दसैँको फूलपातीबाट प्रदर्शनमा आउँदैछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्र सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले छायांकन गरेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया