बुद्ध एयरले भोलिबाट मात्रै नियमित उडान गर्ने

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । बुद्ध एयरले बिहीबारबाट मात्रै नियमित उडान गर्ने भएको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै बुद्ध एयरले बिहीबारबाट नियमित उडान हुने जनाएको हो ।

आकाशमा बाक्लो धुवाँका कारण बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेदेखि खुल्ने सूचना आइसकेको छ । विमानस्थल कार्यालयले सूचना जारी गर्दै बुधबार साँझ ६ बजेदेखि विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिएको हो ।

विमानस्थल खुले पनि निषेधाज्ञा लगायतका कारणले बुद्ध एयरले भने सेप्टेम्बर ११ अर्थात् भाद्र २६ गते बिहानबाट मात्रै आफ्ना उडानहरू नियमित रूपमा सञ्चालन गर्ने बताएको हो ।

बुद्ध एयरले बुधबार बिहानै सूचना जारी गर्दै भाद्र २४ को सम्पूर्ण उडानहरू रद्द गरेको जानकारी दिएको थियो । कम्पनीले विषम परिस्थितिका कारण बुधबारका सबै उडानहरू रद्द गरिएकोमा यात्रुहरूलाई क्षमा याचना गर्दै सेप्टेम्बर ११ बिहानबाट नियमित रूपमा उडान सञ्चालन हुने जानकारी दिएको छ । बुद्ध एयरले आफ्नो उडान सुरक्षालाई प्राथमिकता दिँदै उडान रद्द गर्नुपरेको जनाएको हो ।

यसैबिच विमानस्थल कार्यालयले यात्रुहरूलाई अनावश्यक रूपमा विमानस्थलमा नआउन अनुरोध गरेको छ । आफूले यात्रा गर्न लागेको वायुसेवा कम्पनीसँग सम्पर्क गरी यात्राको तयारी गर्नसमेत विमानस्थलले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?