काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले साइबर ब्यूरोमा उजुरी दिँदैछन् ।
सांसद वाग्लेले आफ्नो ‘डीपफेक’ भिडियो बनाएर गलत प्रचार गरेको भन्दै साइबर ब्यूरो भोटाहिटी पुगेर उजुरी दिन लागेका हुन् । वाग्लेले आजै व्यूरोमा पुगेर उजुरी दिने तयारी गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
केही समयदेखि वाग्लेले बोलेको भन्दै नेपाल–भारत सम्बन्धका विषयमा फेक भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा वाग्लेले नेपालले भारतको विरोध गरेर नहुने लगायतका विषयलाई फेक भिडियो बनाएर बाहिरिएपछि उनले सार्वजनिक रुपमा आपत्ति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया