बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध : सडक विभाग

लोकपथ
602
Shares
फाइल तस्बिर

काठमाडौं । अविरल वर्षापछि देशभरका विभिन्न क्षेत्रका नौ मुख्य सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सडक विभागका अनुसार मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ पूर्णरूपमा खुला छन् ।

सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबान, पुल बग्ने, निर्माण तथा मर्मतकार्यका कारण यातायात अवरुद्ध भएको जानकारी दिएका छन् । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ भने कतिपय सडक वर्षा रोकिएपछि मात्र सुचारु हुने बताइएको छ ।

विशेष गरी चीनबाट आएको बाढीका कारण गल्छी–त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड, हुम्लाको पैमा नदी नजिक कर्णाली करिडोर दक्षिण, उत्तर–दक्षिण कोशी राजमार्ग, तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडक, तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक, पश्चिम रुकुमको छिन्चु–मरिम सडक, रोल्पाको सहिद राजमार्ग, दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडक र अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडक अवरुद्ध छन् ।

सडक विभागले यात्रुलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?