काठमाडौं । आकर्षक मोडेल र लुक्सका कारण सधैँ चर्चामा रहने डिपल यस पटकको नाडा अटो शोमा पनि फेरि चर्चामा छ । किनभने डिपलको नयाँ एसयुभी कार डिपल एक जिरो फाइभले एक पटक फेरि उपभोक्ताको ध्यान तानेको छ ।
डिपल कारको नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोमोबाइल्सले नाडा अटो शो २०२५ मा यो कारलाई औपचारिक रूपमा नेपाल भित्राएको हो ।
डिपल एस जिरो फाइभ एसयूभी प्लस र म्याक्स गरी दुई भेरियन्टमा उपलब्ध छन् । प्लस भेरियन्टको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर नाडा अटो शो मा यो कार बुकिङ गर्ने हो भने यसमा एक लाख रुपैयाँ छुट पाइ ४८ लाख ९९ हजार रुपैयाँमा यो कार पाइने छ । त्यसै गरी एस जिरो फाइभ म्याक्स भेरियन्टको सुरुवाती मूल्य ५६ लाख ९९ हजार तोकिएको छ । नाडा अटो शोमा यो कारमा २ लाख रुपैयाँ छुट दिई ५४ लाख ९९ हजार रुपैयाँमा बुकिङ गर्न सकिने छ ।
डिपल एस जिरो फाइभ आधुनिक सुरक्षा र सुविधायुक्त फिचरले भरिएको इलेक्ट्रिक एसयूभी कार हो ।

अन्य के के छन् सुविधाहरू ?
डिपलको एस जिरो फाइभ कारमा २८८० एमएमको ह्वील बेस रहेको छ, जसले अफ रोडमा समेत चलाउन सहजता प्रदान गर्नेछ । कारमा लेन किप असिस्ट, लेन सेन्टरिङ, अटो इमर्जेन्सी ब्रेकिङ, एडभान्स ड्राइभर असिस्टेन्स, फ्रेमलेस डोर, हिडन डोर ह्यान्डल जस्ता फिचरहरू उपलब्ध छन् ।
एस जिरो फाइभमा १ दशमलव ९ स्क्वायर मिटरको प्यानोरामिक सनरुफ रहेको छ जसले यो कारलाई थप आकर्षक बनाएको छ ।
कारमा १५ दशमलव ६ इञ्चको रोटेटिङ टचस्क्रिन, क्वालकम स्न्यापड्रागन चिप र डिपल अपरेटिङ सिस्टम थ्री जडान भएको छ । त्यसै गरी यो कारमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो फिचरसमेत समावेश छन् ।
सामान राख्ने स्थानको कुरा गर्ने हो भने एस जिरो फाइभमा ४९२ लिटरको बुट स्पेस र १५९ लिटरको फ्रंक स्पेस रहेको छ, जसले अगाडि र पछाडि दुवैतर्फ सामान राख्न मद्दत गर्छ ।
यो कारमा ५६ दशमलव १ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ जसले एक पटक फूल चार्ज गरेपछि ४ सय किलोमिटरसम्मको माइलेज प्रदान गर्न सक्नेछ ।
यो कार डिसी फास्ट चार्जिङमा १५ देखि ३० मिनेटको अवधिमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने क्षमता राख्दछ भने एसी चार्जिङमा शून्यबाट फूल चार्ज हुन ९ देखि १० घण्टा लाग्नेछ ।
यो कारमा ब्लाइन्ड स्पट मनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट लगायतका सुरक्षा उपलब्ध छन् ।
कारमा ६ वटा एयर ब्याग रहेका छन् जसले चालक र यात्रुको सुरक्षा गर्नेछ भने ३६० डिग्रीको क्यामेरा, इलेक्ट्रिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट तथा टायर प्रेसर मनिटरिङ सिस्टम समेत समावेश छन् ।
यो कार ५ फरक फरक रङमा उपलब्ध छन् । कालो र सेतो यो कारको पहिलो रोजाइका रङहरू हुन् भने पहेँलो, निलो र खैरो रङमा समेत उपलब्ध छन् ।
तातो र चिसो दुवै मौसममा अनुकूलन हुन सक्ने प्रणाली भएको यो विद्युतीय कार नेपाली भूभागका लागि अति उपयोगी कार भएको आयातकर्ताले दाबी गरेका छन् ।
नेपालका लागि डिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोमोबाइल्सले यो कारमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्म ब्याट्रीमा ग्यारेन्टी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया