काठमाडौं । गायिका बानिका प्रधानको स्वर रहेको आध्यात्मिक गीत ‘शिवोहम्’ सार्वजनिक भएको छ ।
केहीदिन अघि सार्वजनिक भएको उक्त गीतमा नर्बदा श्रेष्ठको शब्द र न्ह्यु बज्राचार्यको संगीत रहेको छ ।
आध्यात्मिक उर्जा र सत्कर्मको प्रेरणा सबै मानव जीवनमा बनिरहोस् भन्ने गीतको उद्देश्य रहेको बज्राचार्य बताउँछन् ।
उनले भने, ‘यो गीतमा आराध्यदेव महादेवको आराधना केन्द्रित ध्यान, उर्जा र शक्तिको मिहिन कुराहरुलाई संगीत सृजनामा समेट्ने प्रयास गरेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया