पदभार ग्रहण गर्दै मुख्यमन्त्री बानियाँले भने– ‘प्रदेश के हो अब देखाउँछु’

लोकपथ
3.7k
Shares

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले प्रदेश संरचनामाथि उठेको प्रश्न निराकरण गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेशको राजधानी हेटौँडामा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री बानियाँले सो कुरा बताएका हुन् ।

यसअघि गफ मात्रै हुने गरेको आरोप लगाउँदै अब आफूले प्रदेश के हो ? भन्ने देखाउने गरी काम गर्ने दाबी गरे ।

‘प्रदेशमाथि जनताको भरोसा जगाउने कुरा र यसलाई चाँही पारदर्शी, उत्तरदायी, जनताप्रति जिम्मेवारी, जनताप्रति निष्ठावान र उत्तरदायी भएर मेरो नेतृत्वको गभर्मेन्ट प्रदेश सरकार लाग्नेछ । प्रदेश भनेको के हो भन्ने कुरा अब तपाईँहरुले देख्न पाउनुहुनेछ ।हिजो बोल्ने मात्रै हुन्थ्यो अब गर्ने कुरा सुरु हुन्छ,’ सञ्चारकर्मीलाई आश्वस्त पार्दै उनले भने, ‘त्यो व्यवस्थापन कसरी हुन्छ तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ ।’

प्रदेशमाथिको चुनौती जनतालाई सुशासन, पारदर्शी, उत्तरदायि र जिम्मेवार बनाउनु रहेको बताए ।

त्यस्तै एक सञ्चारमाध्ययममा बाजुराको एक सडक आयोजना उनै बानियाँले अलपत्र पारेको भन्दै आलोचना गरेको थियो । तर मुख्यमन्त्री बानियाँले त्यो आफूसँग सम्बन्धित नरहेको समेत स्पष्ट पारेका छन् । साथै सडक अपलपत्र बनाउने जेबी कम्पनीसँग आफ्नो कुनै सम्बन्ध नै नरहेको बताए ।

प्रदेश प्रमुखले बानियाँलाई आजै मुख्यमन्त्री नियुक्त गरेका थिए । अपरान्ह शपथग्रहणपछि उनले पदभार ग्रहण समेत गरिसकेका छन् । त्यस्तै उनले नेपाली कांग्रेसका २ र एमालेबाट ८ मन्त्री नियुक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?