आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड

लोकपथ
98
Shares

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । आज हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन हो । यो दिन विशेषगरी भगवान् शिवको आराधना गरिने परम्परा छ । साउन सोमबारको व्रतलाई विशेष रूपमा पूजाआजा, जलाभिषेक र मन्त्र जपमार्फत मनाइन्छ ।

साउन महिना पूरै भगवान् शिवको भक्तिमा समर्पित मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा भगवान् शिवको पूजा, विशेष गरी साउन सोमबारका दिन व्रत बस्दै शिवलिंगमा जल चढाउने कार्य विशेष फलदायी मानिन्छ । ‘ॐ नमः शिवाय’ मन्त्रको १०८ पटक जप र रुद्राक्षको मालाको प्रयोग समेत यस दिनको पूजा विधिमा महत्वपूर्ण मानिन्छ।

भक्तजनहरू विशेषगरी शिव मन्दिरहरूमा बिहानैदेखि जल, दूध, बेलपत्र, धतुरो आदि चढाउँदै पूजामा लीन छन् ।साउन सोमबारको व्रत विशेषगरी विवाहित तथा अविवाहित महिलाहरूले भक्तिभावसहित बसेर भगवान् शिव र माता पार्वतीको पूजा आराधना गर्ने चलन छ । यो व्रतले वैवाहिक जीवन सुखमय बनाउने, मनोकांक्षा पूरा गर्ने र शान्ति तथा समृद्धिको कामना पुरा गराउने विश्वास गरिन्छ ।

शिव मन्दिरहरूमा आज विशेष भीड लागेको छ भने भक्तजनहरूले शुद्धता, ब्रह्मचर्य र ध्यानको साथ व्रत बसिरहेका छन् । आजको दिन पवित्र नदी किनार र शिवालयहरूमा मन्त्र जप तथा पूजाको विशेष महत्त्व रहेको धार्मिक शास्त्रहरूमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?