काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्ने बताएका छन् ।
एमालेको पोलिटब्युरो बैठक जारी रहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ । त्यसको अभाव हुँदा आन्तरिक लोकतन्त्र फस्टाउन सक्तैन ।’
एमालेको पोलिटब्युरो बैठकमा विधान मस्यौदामाथि छलफल चलिरहेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान मस्यौदा प्रस्तुत गरेका थिए । त्यसउपर नेताहरूले धारणा राखिरहेका छन् ।
एमालेका नेताहरूले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया कसरी बलियो बनाउने र विधानलाई कसरी प्रभावकारी बनाउने विषयमा चर्चा गरिरहेका छन् । यसले आगामी समयमा पार्टीको निर्णय प्रक्रिया र नेतृत्व संरचनामा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
पोलिटब्युरो बैठक अझै जारी रहेको र थप छलफलपछि विधान मस्यौदामा आवश्यक परिमार्जनका लागि सुझावहरू संकलन गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया