काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनबारे नेताहरू धारणा राखिरहेका छन् ।
हिजो सुरु भएको बैठकमा आठ सदस्यले धारणा राखेका थिए भने आज पनि छलफल जारी छ । यो बैठक सकिएपछि साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्नेछ, जसले प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने तय भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियता र नेतृत्वमा नयाँ बहस चलिरहेका बेला सचिवालय बैठकले उमेर हद र कार्यकाल सीमा हटाउँदै केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया