काठमाडौं । विराटनगरस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूमाथि अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
पक्राउ पुर्जी जारी भए पनि मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ । उनीहरूले सहकारीबाट लिएको ऋण तिर्ने भनेर संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज र हातपात गर्नुका साथै जुत्ताको माला लगाएका थिए । उनीहरूले ती कर्मचारीलाई घरमै बोलाई दुर्व्यवहार गरेका थिए ।
प्रहरीका अनुसार माया मगरले जुत्ताको माला लगाइदिएकी थिइन् भने दुर्गामायाले भने भिडियो खिचेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया