चट्याङ लागेर एक जनाको मृत्यु

लोकपथ
322
Shares

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको पारिवारिक स्रोतका अनुसार मंगलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर  घाइते भएका उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्‍याइएको थियो । 

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका सत्र वर्षीय मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?