काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि आज बालुवाटार पुगेका छन् । केही बेरअघि बालुवाटार प्रवेश गरेका देउवाको साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।
उक्त भेटवार्तामा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन्। सत्ता साझेदार दलका शीर्ष नेताबिच चलिरहेको यो भेटलाई सरकारको समग्र काम कारबाहीको मूल्यांकनसँग जोडेर हेरिएको छ।
हिजो मात्रै सकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको भए पनि सरकारको गति सुस्त रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको थियो। बैठकमा सातबुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले सरकारको आलोचना गरेका थिए।
आजको भेटमा सहमति कार्यान्वयनको प्रगति, सत्ता साझेदारबिच समन्वय अभिवृद्धि र सरकार सञ्चालनको गति बढाउने विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया