त्रिशूली नदी किनारमा दुई जनाको शव फेला

लोकपथ
910
Shares

काठमाडाैं । धादिङ जिल्लाको त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली खोलाको किनारमा शवहरू फेला परेका हाे ।

प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अध्ययन गरिरहेको छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?